सिँचाइ आयोजनाको नहरमा बगेका दुईमध्ये एक बालिकाको उद्धार


टीकापुर – कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेका दुई बालिकामध्ये एक बालिकाको उद्धार गरिएको छ। शनिबार नुहाउने क्रममा दुई बालिका बगेका थिए।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरी र ८ वर्षीया शिवानी चौधरी बगेकोमा आकृतिको उद्धार गरिएको हो। बेपत्ता बालिकाको भने खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया