सोमपाल कामीको बहादुरीपूर्ण ब्याटिङका मद्दतले पाकिस्तानलाई १८० रनको लक्ष्य


काठमाडौं – सोमपाल कामीको बहादुरीपूर्ण ब्याटिङका साथ ७५ रनको मद्दतले बलियो टोलि पाकिस्तानविरुद्ध नेपालले मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपाललाई ७२ रन बनाउँदा ८ विकेट गुमाइसकेको अवस्थाबाट सोमपाल कामी र प्रतिस जिसीले उकासे । जिसी २६ रन बनाएर बाहिरिएपछि अन्तिम ब्याट्सम्यानका रूपमा मैदान छिरेका ललितनारायण राजवंशीले सोमपालका लागि उत्कृष्ट साथदिए । उनीहरु दुईको उत्कृष्ट क्रिकेटले नेपालले ३७ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमायो । ललितले १ रन बनाए ।

प्रतिश जिसी २६ रन बनाएर आउट हुँदा सोमपाल कामीले ७५ रन बनाए ।

१४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदै गएको छ । नेपालका लागि आरिफ शेखले १२ रन बनाए भने अर्जुन साउदले १७ रन बनाए । त्यस्तै कुशल मल्लले १७ रन बनाउँदा गुल्सन झाले १३ रन बनाए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । कप्तान रोहित पौडेल ४ रनमा आउट हुँदा भिम सार्कीले शुन्य रनमा आउट भए । त्यस्तै पवान सराफ १ रनमा आउट भएका थिए ।

पाकिस्तान एका लागि मोहम्मद वसिम ४ विकेट लिए भने शाहनवाद दाहानीले ५ विकेट लिएका छन् । त्यस्तै मुबासिर खानले १ विकेट हात पारे ।

 

प्रतिक्रिया