
पाँचथरमा लोबेट ट्रेलरले ठक्करबाट एक पैदलयात्रीको मृत्यु
काठमाडौं – पाँचथरको फिदिम –इलाम सडक खण्डमा लोबेट ट्रेलरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४८०७ नम्बरको खाली ट्रेलरले फिदिम नगरपालिका ३ लालीखर्कमा ठक्कर दिँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।
शव पाँचथर अस्पतालको शव गृहमा राखिएको छ । ट्रेलरका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।



कागजपत्र |
