

पत्नी सीतालाई प्रचण्डले दिए दागबत्ती

काठमाडौं – स्वर्गीय सीता दाहाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन् ।
सीतालाई प्रचण्डका साथै छोरीहरु रेणु दाहाल र गंगाले पनि दागबत्ती दिएका थिए ।
सीताको आज बिहान साढे८ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्तेष्टी गरिँदै छ ।
बिहान नर्भिक हस्पिटलमा निधन भएपछि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।

