सुविधासम्पन्न हुँदै दमक अस्पताल


दमक– झापाको दमकमा तीन वर्षदेखि जिल्लास्तरीय सरकारी अस्पतालका रुपमा सञ्चालन हुँदै आएको दमक अस्पतालको भवन अब सुविधासम्पन्न हुने भएको छ । अस्पतालको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले सरकारको रु २० करोड बढीको लागतमा सुविधा सम्पन्न भवन बन्न लागेको हो । अस्पताल सञ्चालन समिति अध्यक्ष तथा दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीका अनुसार अस्पताल परिसरमै सुविधासम्पन्न अस्पताल भवन बन्न लागेको र त्यसको लागत रु २० करोड ४२ लाख नौ हजार ४०८ रहने छ ।

लिफ्ट तथा अण्डरग्राउण्ड पार्किङसहितको सुविधासम्पन्न तीनतले भवन बढीमा ३० महिनाभित्र सम्पन्न हुने जनाइएको छ । निर्माणको जिम्मा श्री लुम्बिनी अर्घाखाँची जेभीले पाएको छ । अस्पतालको दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलमार्फत शिलान्यास गरेका थिए । (रासस)

प्रतिक्रिया