

काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट लिए : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् ।
एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारविरोधी काममा सरकारको योगदान नै नभएको बताए । भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरीकहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उनले बताए । यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै उनले हामीले गर्यौं भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको उनले बताए ।
एमालेलाई बदनाम गर्न खोजे पनि यस्ता कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता नभएको समेत ओलीले बताए ।

