बजेटलाई लिएर सुदूरपश्चिममा सत्तारूढ दलभित्रै असन्तुष्टि


काठमाडौं – बजेटलाई लिएर सुदूरपश्चिम प्रदेशमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले असन्तुष्टि जनाएका छन्।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वमा सरकार छ। कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह मुख्यमन्त्री छन्। अर्थमन्त्री भने एकीकृत समाजवादीका नरेश शाही छन्। उनले गत असार १ गते सदनमा बजेट पेश गरेका थिए।

बजेटमाथि यसअघि प्रदेश सभामा छलफल हुन सकेको थिएन। आफूहरूले प्रस्ताव गरेका योजनामा बजेट नपरेको भन्दै सत्तारूढ दलकै सांसदहरू सरकारसँग असन्तुष्ट छन्।

प्रदेश सभामा बैठक नगरेर मुख्यमन्त्री कार्यालय, संसदीय दल कार्यालय र होटलमा समेत छलफल हुने गरेको थियो।

सरकारले पेश गरेको बजेट संशोधन नभए पास नगर्ने सत्तारूढ तीन दलका सांसदहरूको अडान छ। एकीकृत समाजवादीका सांसद दीर्घ सोडारीले बजेट पास हुन नदिइने बताउने गरेका छन्।

प्रतिक्रिया