लामाजुरामा हेलिकोप्टर दुर्घटनाको खबर स्थानीयले दिएपछि प्रहरी टोली जाँदै


काठमाडौं – मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर स्थानीयले प्रहरीलाई गराएका छन् ।

लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ जाँदै छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ।

​नागरिक उड्ययन प्राधिकरण लुक्ला टावरले पनि हेलिकोप्टर लामाजुरा आसपासबाटै सम्पर्कविहीन भएको पुष्टि गरेपछि प्रहरी त्यसतर्फ हिँडिसकेको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि थप प्रहरी टोली हिँडिसकेको बाँस्तोलाले बताए । दुर्घटनास्थल भनिएको लामाजुरा पुग्न बेनीबाट अढाई घण्टा र सदरमुकाम सल्लेरीबाट ४ घण्टा लाग्छ। हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित एकजना नेपाली पाइलट सवार थिए।

प्रतिक्रिया