
बेपत्ता हेलिकोप्टर खोज्न अल्टिच्युडको हेलिकोप्टर परिचालन
काठमाडौं – सोलुखुम्बुको लामाजुराबाट हराएको मनाङ एयरको हेलिकोप्टर खोज्न अर्को हेलिकोप्टर परिचालन गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त हेलिकोप्टर खोज्न अल्टिच्युडको हेलिकोप्टर पठाएको बताएको छ।
प्राधिकरणका उपमहानिर्देशक जगनाथ निरौलाले जिल्लाबाट खोजी टोली र काठमाडौंबाट हेलिकप्टर पठाएको बताए। हेलिकप्टर ११ बजेर २५ मिनेटमा काठमाडौंबाट खोजी तथा उद्धारको लागि गएको प्राधिकरणले जनाएको छ।
विहान १० बजेर १० मिनेटमा सोलुखुम्बुकै सुर्के हेलिप्याडबाट विदेशी ५ नागरिक बोकेर काठमाडौं आउँदै गर्दा सम्पर्क भएको थियो। उक्त हेलिकोप्टर लामाजुरामा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ।
हेलिकोप्टरमा २ पुरुष र तीन महिला गरी पाँच जना मेक्सिकन नागरिक र एक नेपाली पाईलट सवार थिए।



कागजपत्र |
