माल्टा पठाईदिन्छु भन्दै ६ लाख ठगी गर्ने महिला पक्राउ


काठमाडौं – आकर्षक रोजगारीका लागि माल्टा पठाइ दिने भन्दै ५ लाख ८५ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी महिला पक्राउ परेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाको पालुङटारकी २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुष्मासहितका व्यक्तिले पीडितलाई मासिक एक लाख रुपैयाँ कमाई हुने प्रलोभन देखाएर ठगी गरेका हुन् ।

प्रतिक्रिया