

बालेनलाई हर्क साम्पाङको ढाडस, ‘नडराउनुहोस, हजुरको साथमा म छु’

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् ।
आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन् ।
अदालतले आफुलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ ट्विट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन् ।
काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चासहित साँझ लेखेका थिए,
‘आज एउटा विशेस दिन,
आजबाट म तारिखमा छु,
भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।’
त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिदैँ लेखे,
‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’

