पशुपतिमा क्षमापूजा गर्दै एमाले अध्यक्ष ओली दम्पती


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् ।

जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा क्षमा पूजा गर्न लागेका हुन् । त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारी गराइसकेका छन् ।

अध्यक्ष ओली श्रीमती राधिकासहित अहिले बिहान ९ बजे पशुपति पूजा गर्न आइपुग्ने जनाइएको छ ।

स्रोतका अनुसार पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्न लागेका हुन् । तर ओलीको सचिवालयले भने त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ ।

यसैबीच गर्भगृहको पूर्व–उत्तरमा राखिएको ताम्रपत्र (एक बाई दुई फिटको) मा तत्कालीन राष्ट्रपतिसहितका सम्बन्धितको नाम रहेकामा सो नाम हाल आएर हटाइएको छ ।

प्रतिक्रिया