संवैधानिक परिषद्को असंवैधानिक नियुक्तिहरू नयाँ सरकारले खारेज गर्छ : कोइराला
धरान – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्हरूमा गरेका असंवैधानिक नियुक्तिहरू अब नयाँ बन्ने सरकारले खारेज गर्ने बताएका छन् ।
धरानमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक परिषद्का सबै नियुक्तिहरूलाई अब बन्ने सरकारले पक्कै पनि खारेज गर्नेछ ।’
‘संवैधानिक परिषद्ले निष्पक्ष व्यक्तिहरूलाई संवैधानिक निकायमा लैजान्छ भन्ने सोचेका थियौं,’ उनले कार्यक्रममा भने, ‘तर उहाँले यसलाई नेकपाको भर्ती केन्द्रको रुपमा लिएर अगाडि बढीरहनु भएको छ ।’