

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बैठक बस्न लागेको हो ।
बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउँदै ३ महिनाअघि सरकारबाट बाहिरिएको जनमत पार्टीलाई पुनः सरकारमा फर्काउन सत्ता गठबन्धनले तयारी गरेको छ ।
सोमबार बसेको गठबन्धन दलको बैठकले उक्त पार्टीलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको थियो ।

