

विद्युत प्राधिकरणका ५३ कर्मचारी एकैसाथ अवकाश हुँदै (सूचीसहित)

काठमाडौं – विद्युत प्राधिकरण मातहत कार्यालयका ५३ कर्मचारी आगामी कात्तिक/मंसिरमा अवकाश हुँदैछन् । प्राधिकरणको असार ११ को निर्णयअनुसार कात्तिकमा २३ जना र मंसिरमा ३० जना कर्मचारीको अनिवार्य अवकाश हुनेछ ।
कात्तिकमा ९ औं तहकी उपनिर्देशक जानुका कुमारी पौडेल (इन्जिनियरिङ सेवा निर्देशनालय), सातौ तहका सिभिल इन्जिनियर ऋषिकेश न्यौपाने (खिम्ति बाह्बिसे लप्सीफेदी ४०० केभी सबस्टेशन आयोजना) रहेका छन् । त्यस्तै, मंसिरमा ११ औ तहका सन्तोष कुमार झा पनि अवकाश हुँदैछन् । उनी मझौला उत्पादन सञ्चालन तथा सम्भार विभागका महानिर्देशक हुन् ।
त्यस्तै, ९ औं तहकी कलाधर गौतम जो आन्तरिक लेका परिक्षण परिक्षण विभागका उपनिर्देशक हुन् उनले पनि अवकाश पाउँदैछन् ।
सूचीः

