
खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवन – पहिरोले अवरूद्ध नारायणगढ– मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो।
‘पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालन भएको छ,’ उनले भने।
पहिरोमा परी एउटा ट्रक पनि पल्टिएको थियो। उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको विष्टले जानकारी दिए।
आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो।
यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।



कागजपत्र |
