
राष्ट्रियसभा बैठकः विनियोजन विधेयकमाथी मन्त्रालयगत रुपमा छलफल हुने
काठमाडौं – राष्ट्रियसभा बैठक आज बस्दैछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसैगरी, बैठकमा विनियोजन विधेयकमाथी मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय माथी छुट्टाईएको बजेट माथी छलफल हुनेछ ।
साथै, शिक्षा मन्त्री अशोककुमार राईले विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वबिद्यालय विधेयक २०७९ माथी छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।




कागजपत्र |
