नक्कली डाक्टर पन्थी सीआईबी गिरफ्तमा


काठमाडौं– नक्कली डाक्टर जीतेन्द्र पन्थीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान थालेको छ।

सीआईबी उपनिर्देशक प्रहरी उपरिक्षक (एसपी) गंगा पन्तका अनुसार नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रमा पन्थीले डा. जीतेन्द्र शर्माका नाममा किर्ते सही गरेका थिए।

६ असोज ०७७ मा डा. कृष्ण रिजालले काउन्सिलमा दर्ता गरेको आवेदन फारममा पन्थीले डा. शर्माका नाममा काउन्सिल रजिष्ट्रेशन २३६४ लेखी सहीछाप गरेका थिए। किर्ते गरेको शंका लागेपछि सीआईबीले छानबिन गरेको थियो।

पन्थीलाई आइतबार काठमाडौं–३ संगम टोलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा म्याद थपिएको छ। सीआईबी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) सहकुल थापाले अनुसन्धान जारी रहेको जानकारी दिए।

सीआईबीले यसअघि पनि नक्कली डाक्टरहरूबारे ठूलो गिरोहको पर्दाफास गरेको थियो।

प्रतिक्रिया