मविरुद्ध संसदीय दल र पार्टीमा कुनै उजुरी परेको थिएनः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध संसदीय दलमा कुनै उजुरी नरहेको बताए । त्यस्तै संसदीय दलमा दलको नेता बदल्नुपर्छ भन्ने कुनै पनि माग नआएको पनि बताए ।

प्रधानमन्त्री ओलीले सिंहदरबारमा सोमबार भूकम्पपछि प्रबलीकरण गरिएको भवनमा प्रधानमन्त्री कार्यालय सारिएपछि आयोजना गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

ओलीले बैकल्पिक सरकारको कुनै सम्भावना नरहेकोले प्रतिनिधि सभा विघटन गर्नुनै एक विकल्प भएको बताए । देशलाइ अस्थीरतातर्फ जान दिन नहुने बताउँदै विघटन गरिएको बताए ।

सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको उद्घाटनपछि ओलीले सरकारका उपलब्धि सार्वजनिक गरिरहेका छन् ।

 

प्रतिक्रिया