
थाइल्यान्डविरुद्ध नेपालको २२५ रनको जित
काठमाडौं – मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई २२६ रनले पराजित गरेको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन बनाउँदै २७० रनको लक्ष्य दिएको थियो ।
२७० रनको लक्ष्य पछ्याउने क्रममा थाइल्यान्ड १३.१ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो । नेपालका लागि सन्तोष यादवले ५ विकेट लिए भने आकाश धामीले ३ विकेट हात पारे । त्यस्तै अभिषेक तिवारीले २ विकेट हाट पारे ।
नेपालका लागि निरज कुमार यादवले ४३ बलमै सर्वाधिक ७४ रन जोड्दा ८ चौका र ६ छक्का हिर्काए ।
नरेनले ५४ रन बनाए । सन्तोष यादवले ४२ रन तथा सुर्यान्सु कोइरालाले ४० रन जोडे ।
थाइल्यान्डका लागि नटपाखन मानोओन, फानुवाट डसुन्गनोएन र राथासाट वानिचाखमले समान २-२ विकेट लिए ।
२७० रनको लक्ष्यसहित ब्याटिङका लागि मैदान प्रवेश गरेको थाइल्यान्डले ५ ओभरमा १९ रन बनाएर २ विकेट गुमाइसकेको छ ।



कागजपत्र |
