सुनको मूल्य घट्यो, चाँदीको स्थिर


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ६०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ ।

मंगलबार उक्त सुन तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुन तोलामा एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया