लुम्बिनीमा आजदेखि बजेटमाथि छलफल हुने


काठमाडौँ – लुम्बिनीमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि संसदमा छलफल हुने भएको छ।

बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।

प्रतिक्रिया