

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं – सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको मन्त्रीपरिषद बैठकले अधिकारीलाई प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिष बैठकले रास्कोट नगरपालिका ६ कालीकोट, नरहरिनाथ गाउँपालिका २ कालीकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाइ नगरपालिका ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलार्य औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदुरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय पनि आजको मन्त्रीपरिष बैठकले गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

