

बुटवलमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

रूपन्देही — पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१३ बेलबासमा बसको ठक्करबाट सोमबार राती स्कुटर चालकको मृत्यु भएको छ ।
बुटवल–१३ शान्तिचोकस्थित बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा ती युवाको मृत्यु भएको हो ।
राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार सुर्खेतबाट वीरगञ्जका लागि छुटेको प्रदेश–३–००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी २८ वर्षीय युवाको ज्यान गएको हो ।
मृतकको अहिलेसम्म परिचय खुलेको छैन भने शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।
यसैगरी काठमाडौंदेखि गुल्मीका लागि छुटेको बस रुपन्देहीको देवदह चरङ्गेमा आज बिहान दुर्घटना भएको छ ।
दुर्घटनामा परी ३ जना सामान्य घाइते भएका छन् । निर्माणाधीन सडकको छेउमा बिहान करिब सभा ५ बजे बस दुर्घटना भएको हो ।
ना ६ ख १९८४ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

