डा. दिलजन मन्सुरको क्लिनिक महानगरद्वारा बन्द


काठमाडाैं – डा. दिलजन मन्सुरले मैतीदेवीमा सञ्चालन गर्दै आएको एफडीएच क्लिनिक काठमाडौं महानगरले बन्द गराएको छ । आज दिउँसो क्लिनिकमा पुगेको महानगरको टोलीले एफडीएच क्लिनिक मापदण्डविपरीत सञ्चालन भइरहेको भन्दै बन्द गराएको हो ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो ।

ती रोगहरू निको बनाउने नाममा मापदण्डविपरीत क्लिनिक सञ्चालन भएको भन्दै महानगरले बन्द गराएको हो । तर डा. मन्सुरले भने आफूले महानगरमा दर्ता गरेर सञ्चालन गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया