


निगममा कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो : योगेश भट्टराई

काठमाडौं – सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् ।
उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको पनि बताए ।
उनले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्यान्डलिङ भएको भन्दै हवाई उडानबाट नाफा नहुने बताए । निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेपनि सरकारको ध्यान त्यतातर्फ नगएको भट्टराईको छ ।
उनले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको पनि बताए । नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी थोपरिएको बताए ।

