


कुवेतसँग नेपाल ३-१ ले पराजित

काठमाडौं – भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।
खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे ।
नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए ।

