


कुवेतविरुद्ध नेपालका अन्जनले फर्काए एक गोल

बैंगलुरु – साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिपर्धा गरिरहेको छ । आज जारी खेलमा विरुद्ध तीन गोलले पछि परेको नेपालले एक गोल फर्काएको छ ।
खेलको ६७औं मिनेटमा अन्जनले कुवेतका तीन डिफेण्डर र गोलरक्षकलाई छक्याउँदै बक्स भित्रबाट शानदार गोलका हुन । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्याएका छन् ।
उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए ।
यसअघि कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गरी तीन गोल गरिसकेको छ । साफ च्याम्पियनसिपमा पहिलो पल्ट दक्षिण एसिया बाहिरका कुवेत र लेवनानलाई आमन्त्रित टिमका रुपमा समावेश गरिएको हो ।

