निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहले सम्झियो ‘६४ प्रतिशत’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले निर्वाचन आयोगलाई ६४ प्रतिशत स्मरण गराएको छ।

निर्वाचन आचारसंहिताबारे छलफलका लागि आइतबार आयोगले दलहरूलाई बोलाएको थियो। सो छलफलमा सहभागी भएको उक्त समूहले प्रतिनिधि सभामा ६४ प्रतिशत हिस्सेदारी रहेको पार्टीको विवाद निरुपण नगरी निर्वाचनमा जान नसकिने जनाएको थियो।

उक्त समूहका तर्फबाट नेता लिलामणि पोखरेल आयोगमा उपस्थित थिए। उनले भनेका छन्,‘६४ प्रतिशतको दलको विवाद निरुपण नगरी कहाँ गएर निर्वाचन गर्ने भनेर सोधिएको छ। समयमा जवाफ दिने आयोगको भनाई आयो।’

दुवै दलले नेकपाको आधिकारिकता दाबी गर्दै आयोगमा पत्र बुझाएका थिए। तर निर्वाचन आयोगले भने नेकपा विभाजन हुन नसक्ने जवाफी पत्र पठाएको थियो। तैपनि नेकपाभित्रको विवाद सडकमा विभक्त रुपमा कायमै देखिएको छ।

प्रतिक्रिया