नेकपा प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा (विज्ञप्तिसहित)


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलनपछि विज्ञप्तिमार्फत फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।

९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ ।

फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको छ ।

फागुन ७ मा सबै वडामा विरोध गर्ने उनले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

विज्ञप्तिः

 

प्रतिक्रिया