अझै मुटुको चालको निगरानीमा राष्ट्रपति पाैडेल, कस्तो छ पछिल्लो स्वास्थ्य अवस्था ?


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। मुटुको चाल ‘मनिटरिङ’ गर्न शनिवार बिहानै अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार भइरहेको छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू मिति २०८० असार २ गते बिहानदेखि यस सेन्टरमा भर्ना भई उपचाररत हुनुहुन्छ। उहाँको मुटुको चालको निगरानी भइरहेको छ,’ सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिकामा भनिएको छ, ‘सम्मानीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ।’

जेठ ३० मामात्र राष्ट्रपति पौडेल छाती दुखेर काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए। अस्पतालमा भर्ना हुनासाथ पौडेलको छातीको एनजिओग्राम गरिएको थियो। भोलिपल्टै जेठ ३१ गते पौडेल अस्पतालबाट डिस्चार्ज भएका थिए।

प्रतिक्रिया