

मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन

काठमाडौँ – मधेश प्रदेश सभामा पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ । विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन गरिएको हो ।
प्रदेश सभामा एक बढी सांसद रहेका ७ दलले एक/एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो । जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ ।
सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा समितिका सभापति चयन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् । त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा सङ्कर प्रसाद कलवार, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रदेश सभा मामिला र कृषि बाँकी छ ।

