

मध्यरातमा अस्पताल भर्ना भएका राष्ट्रपतिको स्वास्थ्य स्थिर, सीसीयूमा राखेर उपचार हुँदै

काठमाडौं – मुटुमा पुन: समस्या आएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था स्थिर रहेको अस्पालले जनाएको छ ।
उपचाररत राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान ५ बजे नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।
पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएको थियो ।अहिले उनको सीसीयूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।
केही दिनअघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।

