

४ महिनापछि फर्किए वर्षमान

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन्। चीनमा चार महिनादेखि उपचाररत पुन आज स्वदेश फर्किएका हुन्।
पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत नेताहरु विमानस्थल पुगेका थिए।
पुन वंशाणुगत जन्डिसबाट ग्रसित छन्। उनी फागुन १ मा उपचारको लागि पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीको साथमा चीन उडेका थिए ।

