


काठमाडौंका सबै सार्वजनिक सवारी गोंगबुबाट छुट्ने, रिङरोडका टिकट काउन्टर पनि हटाउने

काठमाडौं – काठमाडौंमा रहेका सार्वजनिक सवारीहरू असार १ गतेदेखि गोंगगबुस्थित नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् ।
काठमाडौं महानगरपालिकामा आज बसेको सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको हो ।
यस्तै काठमाडौंका रिङरोडमा रहेका सम्पूर्ण टिकट काउन्टरहरू पनि भोलिबाट हटाउने निर्णय गरिएको छ ।

