फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित


काठमाडौं – साफ च्याम्पियनसिपको तयारी स्वरुप फिलिपिन्ससँग खेलेको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टीम १-० गोलले पराजित भएको छ ।

मनिलास्थित रिजल मेमोरियल स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन सकेन । हार्वे गायोसुले ४९औं मिनेटमा गरेको गोल फिलिपिन्सको जीतमा निर्णायक बन्यो ।

साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुनेछ। ए डिभिजन लिगका कारण तयारी गर्न लामो समय नपाएको नेपाली टीम केही दिन यता फिलिपिन्समै अभ्यास गरिरहेको छ ।

नेपाल र फिलिपिन्सले यसअघि ६ खेल खेलेका थिए । जसमा नेपालले एक र फिलिपिन्सले चार खेल आफ्नो पक्षमा पर्दा एक खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया