स्रोत नखुलेको १५ लाख रुपैयाँसहित एक जना पक्राउ


बारा – बाराको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पुर्बी चम्पारणका राम निवास प्रसाद यादबलाई विओपी बरैनिया बाराले मंगलबार नियन्त्रणमा लिएको हो ।

यादबलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी बताए ।

प्रतिक्रिया