राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, भोलि ‘डिस्चार्ज’ गर्ने तयारी


काठमाडौं – बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

आज मङ्गलवार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले डाक्टरको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेललाई भोलि बुधवारसम्म डिस्चार्ज गर्ने तयारी छ ।

यसअघि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँ रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिएको थियो । उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्केका थिए ।

प्रतिक्रिया