टोप्का भिरमा बन्यो रेलिङसहितको बाटो


चौतारा – जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको छ । उक्त बाटो आज क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गरे ।

टोप्का बसेरी रेलिङसहितको उक्त बाटो बागमती प्रदेश सरकारको रु २५ लाख बजेटमा निर्माण गरिएको हो ।

ढलान र ढुङ्गा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयवासीले बताए । जम्मा चार सय मिटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ । निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भिरको बाटोमा रेलिङ बनाइएपछि हिँड्न सजिलो भएको स्थानीयवासी तारानाथ पराजुलीले बताए ।

स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर गर्ने यो बाटो निकै अप्ठेरो रहेको स्थानीयवासी सुवास तामाङले बाताए ।

गाउँपालिकाका अध्यक्ष गङ्गा तामाङले बाटोले स्थानीयवासीलाई सहज भएको बताए । अहिले बाटो प्रयोग गरेर मोटरसाइकलसमेत ओहोरदोहोर हुने भएको छ ।

प्रतिक्रिया