पार्टी र संसदले सरकारलाई असहयोग गरेको छैन् : वर्षमान पुन


धनकुटा – नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले नेपाली जनताले ७० वर्षसम्म लडेर ल्याएको संविधान, जनअधिकार र व्यवस्थामाथि नै ओलीले हमला गरेकाले त्यसलाई बचाउने अभियानमा आफूहरू आन्दोलनमार्फत जनअदालतमा उभिएको बताएका छन्।

त्यस्तै पुनले केपी ओली नेतृत्वको सरकारलाई नेकपाले तीन वर्षसम्म कुनै असहयोग नगरेको समेत प्रष्ट पारेका छन।

ओली सरकारमा झण्डै तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीसमेत रहेका पुनले बरु पार्टीले सहयोग पु¥याएको बताए। प्रधानमन्त्री ओलीले पार्टीको नीति, निर्देशनमा जनतासँग गरिएका प्रतिबद्धताअनुसार नभई स्वेच्छाचारी र व्यक्तिवादी ढंगले काम गरेको पुनको भनाई छ।

‘तीन वर्षसम्म सबै नीति कार्यक्रम र बजेट पार्टीको समर्थनमा संसदमा उत्साहजनक रुपमा पास भए। त्यहाँ कुनै अवरोध भएन’, धनकुटा सदरमुकाममा संसद विघटनविरुद्ध आयोजित सभालाई शनिबार सम्बोधन गर्दै पुनले भने, ‘पहिलो वर्ष झण्डै १ सय १६ वटा विधेयकहरु संसदमा पेस भए।

संविधानसँग सम्बन्धित अति आवश्यक विधेकय थिए, ती सबै फटाफट पास भए । म एउटा मन्त्रीका हैसियतले झण्डै तीन वर्ष काम गर्दा देखेको छु, पार्टीले पूरै सहयोग गरेको छ।’

प्रतिक्रिया