
मलाई ६ घण्टा पनि थुन्न सकेन : रामकुमारी झाँक्री
धनकुटा – नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले शक्तिशाली बनिसकेका प्रधानमन्त्रीविरुद्ध लडेर नेपाली जनता र आफूले जित्ने आत्मविश्वास रहेको बताएकी छन्।
शनिबार धनकुटामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभामा झाँक्रीले कागजका तानाशाह बाँकी नरहने भन्दै सबै कुरा हातमा लिएको तानाशाहले आफू ६ घण्टा पनि थुन्न नसकेको बताइन।
नेताहरूले कडा प्रतिक्रिया दिन थालेपछि, नागरिक समाज बोलेपछि, मिडियाले मुद्दा बोकेपछि र जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो उडेर आफूलाई रिहा गरेको झाँक्रीको भनाइ थियो।
‘नेकपाभित्र नै सामन्त निरंकुश बुर्जुवाहरूको उदय भएको छ। अलोकतान्त्रिक र असंवैधानिक कदमबाट आफ्नो पावरको परीक्षण गर्ने तानाशाह एक हप्तामा ढाल्न सकिन्छ। लोकतन्त्रको पक्षमा रहेका आम नेपाली नागरिक आन्दोलनमा आउनुपर्छ,’ उनले भनिन्।



कागजपत्र |
