सर्पको टोकाइबाट सिन्धुलीमा एक महिलाको मृत्यु


सिन्धुली – सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । आज बिहान साढे पाँच बजेसिन्धुली दुधौली नगरपालिका १० कर्था बस्ने ६२ वर्षीया शिव कुमारी कार्कीको सर्पले डसेर मृत्यु भएको हो ।

कार्की बिहान उठेर आफ्नै घरको पेटीमा हिडिरहेको बेला अचानक सर्पले डसेर उपचारको लागि दुधौली नगरपालिका ९ सर्पदंश हस्पिटलमा लगिएकोमा सामान्य उपचार गरेर थप उपचारको लागि कर्जना फुलकुमारी महतो मेमोरियल हस्पिटल सिरहामा लगिएको थियो ।

उनको उपचारको क्रममा साढे ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।

एक साताअघि सिन्धुलीमा नै सुतिरहेको बेला सर्पले डसेर दुई दाजुभाईको मृत्यु भएको थियो ।

प्रतिक्रिया