

राजस्वका दर निर्धारण गर्दा लेखा र अर्थ समितिका सभापतिलाई राखौं : योगेश भट्टराई

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले बजेट निर्माण गर्ने क्रममा संसदको निगरानी बढाउनुपर्ने बताएका छन् ।
राजस्वका दर निर्धारण गर्दा ‘मुसा’ पसेको भन्दै सांसद भट्टराईले संसद्को निगरानी आवश्यक रहेको धारणा राखे ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले उक्त धारणा राखेका हुन् ।
अघिल्लो वर्ष पनि बजेटमा मुसा पसेको र यस वर्ष पनि उक्त आशंका भएको उनले बताए ।

