

लुम्बिनी प्रदेश सभाको बैठक जेठ २६ गते बस्ने

रुपन्देही – लुम्बिनी प्रदेश सभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तयारी गरेको सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेयले जानकारी दिए ।

