पूर्व मन्त्रीद्वय रिजाल र बडूद्वारा तस्बिर प्रदर्शनी अवलोकन


काठमाडौं – पूर्व मन्त्रीद्वय डा मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय समाचार समिति ९रासस० को केन्द्रीय कार्यालय भद्रकालीमा जारी ‘हाम्रो संस्कृति र हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रिजाल र बडूले सो अवसरमा रुचिपूर्वक तस्बिर अवलोकन गरेका थिए ।

पूर्व सूचना तथा सञ्चारमन्त्री डा रिजालले राससको तस्बिर प्रदर्शनीबाट नेपालको सांस्कृतिक विविधता झल्किएको बताए । ‘तस्बिर प्रदर्शनीले देशभरको सांस्कृतिक झल्को दिएको छ”, उनले भने । समय क्रमसँगै राससले आफुलाई नवीनतम प्रविधितर्फ डोर्याउँदै लगेकामा उनले खुसी व्यक्त गरे ।

यसैगरी पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति एवम् सूचना तथा सञ्चार राज्यमन्त्री बडूले सांस्कृतिक विविधताको संगालो एउटै स्थानमा तस्बिर प्रदर्शनीद्वारा प्रदर्शित गरेर राससले विविधतायुक्त सुन्दर नेपालको चित्र प्रदर्शन गरी सराहनीय काम गरेको बताए । राससले तस्बिर प्रदर्शनीमार्फत प्रसंशनीय काम गरेको उल्लेख गर्दै उनले यसका लागि रासस परिवारलाई बधाइ तथा धन्यवाद दिए । ‘सूदुर पूर्व, पश्चिम तथा उत्तर र दक्षिणका सांस्कृतिक विविधतालाई आगामी दिनमा अझ समेट्ने प्रयास गर्नपर्छ’, बडूले राससलाई सुझाव दिए ।

डा रिजाल र बडू रासस परिसर आउँदा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक, प्रशासन प्रमुख शीतलप्रसाद महतोसहित विभागीय प्रमुखले स्वागत गरेका थिए ।

प्रतिक्रिया