‘सर्प चोर देश छोड’ भन्दै झलनाथ सहभागी कार्यक्रममा नाराबाजी, ९ जना पक्राउ


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसहितका सहभागी कार्यक्रममा नाराबाजी गर्ने ९ जना पक्राउ परेका छन् ।

मङ्गलवार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एक जना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरे । त्यसपछि उनीहरूले सामूहिक रूपमा नाराबाजी गरेका हुन् ।

कार्यक्रममा झलनाथ खनाल, माओवादीका सिपी गजुरेल र पूर्व गभर्नर डा. दिपेन्द्र क्षेत्री सहभागी थिए । नेता खनाललाई गाली–गलौज गर्दै आक्रोशित समूहले ‘सर्प चोर देश छोड’ भन्ने नारा लगाएका थिए ।

प्रतिक्रिया