

‘ए’ डिभिजन लिग: आजका दुवै खेल रंगशालामा हुने

काठमाडौं – शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज दुई खेल हुदैँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुसार आजका दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमुने सामुने हुनेछन् । सो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ ।

