आगामी शैक्षिक सत्र असारबाट, एसईई जेठमा


काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको छ ।

अबको एक हप्तापछि संसोधित नियमावली छापिएर आएपछि कोरोना जस्ता महामारीमा नेपाल सरकारले शैक्षिक सत्रलाई कसरी र कहिलेबाट सुरू गर्ने भन्ने कुराको उल्लेख हुने शिक्षा मन्त्रालयका एक कर्मचारीले जानकारी दिएका छन् ।

उनले भने, ‘आगामी शैक्षिक सत्रलाई असारबाट सुरू गर्नेगरी शिक्षा मन्त्रालयले तयारी गरिरहेको छ । आगामी असारबाट सुरू गर्ने तयारी गरेसँगै यो वर्षको शैक्षिक सत्र लम्बिने पक्कमा भएको छ ।’

प्रतिक्रिया