आईसीसी विश्वकप छनोटका लागि नेपालको २२ सदस्यीय प्रारम्भिक टोली घोषणा


काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। क्यानले आज (सोमबार) रोहित पौडेलको कप्तानीमा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गरेको हो।

नेपालले गत चैतमा घरेलु मैदानमा भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्म्क सिरिज अन्तर्गतको खेलमा नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो। त्यसपछि घरेलु मैदानमा नै भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा समेत छनोट भएको छ। पछिल्लो समय उच्च लयमा रहेको नेपाली टोलीले विश्वकप छनोटमा टेष्ट राष्ट्रसँग खेल्नेछ।

नेपालले आगामी जुन जुलाइमा जिम्बाबेमा हुने विश्वकप छनोट खेल्नेछ।

प्रतिक्रिया