सुदूरपश्चिममा लाग्यो माओवादी केन्द्रबाट मन्त्रीको नाम टुंगो, आजै शपथ गर्ने


कैलाली – सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ ।

सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जनाए । उनका अनुसार गीता माललाई राज्यमन्त्री तयारी भइरहेको छ ।

धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने उनले जानकारी दिए । शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको भट्टको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शपछि प्रदेशमा नाम टुंगो लगाइएको माओवादी स्रोतले बतायो ।

प्रतिक्रिया